देवनारायण शर्मा
विराटनगर, २३ पुस

काठमाडौँ ।जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन्।उनले आज (बुधबार) राति ९ बजे पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्।

घिसिङ गत भदौ ३० गते ऊर्जा मन्त्रीका रूपमा नियुक्त भएका थिए। त्यससँगै उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको थियो।

राजनीतिमा सक्रिय भएपछि प्रधानमन्त्री सुशिला कार्कीले गत पुस १४ गते घिसिङसँग माग र प्रस्ताव स्पष्ट गर्न निर्देशन दिएकी थिइन्। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रासोपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच ७ बुँदे सहमति भएको थियो।

सहमति अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दुवै पक्ष सँगै जाने निर्णय गरिएको थियो। साथै, घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरियताको नेतासहित उपसभापति बनाउने सहमति समेत भएको जनाइएको छ।

घिसिङको राजीनामासँगै सरकार तथा राजनीतिक वृत्तमा यसको प्रभाव र आगामी कदमबारे चासो बढेको छ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *