देव नारायण शर्मा
रङ्गेली, ०१ कार्तिक
मोरङ – प्रहरी दिवसको अवसरमा रंगेलीस्थित इलाका प्रहरी कार्यालयका दुई प्रहरीकर्मीलाई कोशी प्रदेशस्तरीय उत्कृष्ट कार्यकर्ताको रूपमा सम्मान गरिएको छ।
प्रहरी कार्यालयका अनुसार, प्रहरी नायब निरीक्षक (इन्स्पेक्टर) नरेन्द्र कुमार बोकेटीलाई कोशी प्रदेशकै उत्कृष्ट अपराध अनुसन्धानकर्ताको रूपमा सम्मान दिइएको छ।

त्यस्तै, सोही कार्यालयका मुद्दा फाँट हेर्ने प्रहरी जवान दिनेश राजबंशीलाई कोशी प्रदेशकै उत्कृष्ट आर्थिक अपराध अनुसन्धानकर्ताको रूपमा पुरस्कृत गरिएको हो।

इलाका प्रहरी कार्यालय रंगेलीका अधिकारीहरूले भने, “यस प्रकारका सम्मानहरूले प्रहरीकर्मीहरूलाई अझ बढी प्रेरित गर्दै, समुदायमा सुरक्षाको भावना बढाउन सहयोग पुर्याउँछ।”

