राष्ट्रपति पौडेललाई पूर्ण आरामको सल्लाह, जेनजीसँगको भेटघाट फेरि स्थगितराष्ट्रपति पौडेललाई पूर्ण आरामको सल्लाह, जेनजीसँगको भेटघाट फेरि स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकहरूले केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराई आइतबार डिस्चार्ज भएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार, चिकित्सकहरूको सल्लाहअनुसार आजका लागि तय गरिएको ‘जेनजी’का प्रतिनिधिहरूसँगको छलफल कार्यक्रम पुनः स्थगित गरिएको छ। सो भेटघाटमा अन्तरिम सरकारको मन्त्रीमण्डल विस्तार र जेनजीका मागहरूबारे छलफल हुने तय भएको थियो।

गत शनिबार नै वार्ता तय भए पनि, राष्ट्रपति पौडेलको आकस्मिक स्वास्थ्य समस्याका कारण त्यस दिन भेट हुन सकेको थिएन। त्यसपछि आजका लागि सारिएको भेटघाट पनि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको हो।

राष्ट्रपतिका निकट स्रोतका अनुसार, हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकहरूको सल्लाहअनुसार केही दिनपछि मात्र उनले सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाउने बताइएको छ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *