✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन)

आज माहाबिर पुनको फेसबुक वालमा आखा पुग्यो। नेपालको राजनीतिमा सुहाउँदो एउटा गतिलो साधु विरालो र लाटा मुसाहरुको कथाले मेरो मन छोयो र त्यस कथालाई केही थपघट गरि पोस्ट गदैछु।

एउटा बिरालो बुढो भएर फुर्तिफार्तिका साथ मुसा मार्न नसक्ने भएछ र बिस्तारै त्यो बिरालो समयमा खान नपाएर निकै दुब्लो भएछ। उसले एउटा जुक्ती निकालेछ । उसले रुद्राक्षको माला लगाएर घण्टी बजाउँदै दिन दिनै मुसा भएको ठाउ लक्षित पुजापाठ गर्न थाले छ । त्यो देखेर मुसाहरु अचम्मित भएर उसको चियोचर्चा गर्न थालेछन, बिरालोले मुसाहरुलाई फकाउँदै भनेछ “मलाई माफ गरिदेउ, मैले धेरै मुसाहरु मारेर खाएँ र धेरै पाप पनि गरें। अब मेरो मर्ने बेला पनि हुनलाग्यो, यो मर्ने बेलामा म आफ्नो पाप प्रायश्चित गर्न साधु बनेको छु। यदि तिमीहरूले मलाई एकपटक माफ गरिदियौ भने म पनि मोक्ष प्राप्त गरि तिमीहरू जस्ता भद्र-बलादमी संगै स्वर्गमा जाने थिए र मेरो पनि बास हुनेथियो। आजको दिन बाट म कहिल्यै तिमीहरूलाई मार्ने काम गर्ने छैन, तिमीहरु म संग नडराउ।”

बिरालोको यो कुरा सुनेर मुसाहरुमा खुशीको सिमा नै रहेन। मुसाहरु बिरालोको छेउछाउमा गएर खेल्न थाले। केहि दिन सम्म बिरालोले मुसाहरूलाई केहि पनि गरेन। मुसाहरु पनि ढुक्क भएर बिरालोलाई विश्वास गर्दै मजाले खेल्न थाले।

समय बित्दै गयो। पहिले लुते भएको बिरालो एक्कासि हस्टपुस्ट हुदै मोटाउँदै गयो। एक्लो बिरालो आफूहरुसंग खेल्न पाउँदा हस्टपुस्ट देखेर मुसाहरु पनि निकै खुशी नै भए। केहि मुसा अलिक बाठा रहेछन, उनीहरुले सबै मुसाहरुलाई बोलाएर भनेछन, “पल्लो टोलमा एक मुसाको बिबाह हुने भएछ, हामीलाई निम्ता छ, हामी हाम्रो समुहमा कति जना छौ? उनीहरुलाई खबर गरिदिनुपर्ने भयोl” मुसाहरु पनि बिबाह भोजमा गएर टन्न खान पाउने भनि दङ्ग पर्दै हतपत गन्न थाले जम्मा १०० l त्येसको दुईदिन पछी फेरी अर्को भोजमा जानुपर्ने भयो भनेर पहिलेकै झैँ गन्न थाले ९० मात्रै भएछन । उनीहरुलाई शंका लाग्न थाल्यो र फेरी अर्को दुईदिन पछी गन्दा ८० मात्रै भएछन, मुसाहरुले आफ्ना साथीहरु घट्दै गएको थाहा पाए। के भएको हो भनेर बुझ्दै जाँदा, त्यो बिरालोले खेल्ने निहुँमा एकलै पारेर कसैले थाहा नपाउने गरेर मुसा मारेर खाँदोरहेछ। तेही बेला केहि युवा मुसाहरूले बिद्रोह गरे र बिरालो संग अब नबस्ने निर्णय नै गरे l उनीहरुले बिरालो संग बिद्रोह नै गरि सगै नबस्ने र नखेल्ने भनि आन्दोलन गरे उनीहरुको आन्दोलन सफल नै भयो l तर, थाहाछैन उनीहरुको आन्दोलनले कहिले सम काम गर्छ l

आजको यो कथा हाम्रो देशको राजनीतिक दृश्यसँग मिल्दोजुल्दो लाग्दैन?

बाठा मुसा भनेका Gen X हो, जसले युवा मुसाको दिमागमा बिद्रोह आवश्यक हो भन्ने चेतना भरिदिए, त्यो छिमेकी टोलका मुसा भनेका हिम्मत र आत्माविश्वास भएका Gen Y हुन् जसले बाठा, अनुभबी र परिपक्क मुसा (Gen X) र जोस र जागर भएका युवा मुसा भनेको (Gen Z) को बिचमा बसेर पुलको काम गरिदिए l बुढो बिरालो भनेको पुराना राजनीतिक दलहरु र तिनका झोलेहरु नै हुन्, जसले पटक–पटक जनताको विश्वासमाथि धोकाधडी गरेका छन्। र ती भोला मुसाहरू भनेको हामी – विशेष गरेर आजका Gen X, Y र Z पुस्ता हौं, जो परिवर्तनको सपना बोकेर त्यही पुराना अनुहारहरूप्रति फेरि पनि विश्वास गरिरहेका छौं।

साचै रास्ट्र निमार्ण गर्ने नै हो भने, Gen Z: १३ बर्ष देखि २८ बर्षका युवाहरु जन्मजात डिजिटल युगका, नवप्रवर्तनशील, जोशिला, छिटो परिवर्तनसँग मेल खाने नवयुवा, Gen Y: २९ बर्ष देखि ४४ बर्षका युवाहरु प्रविधिमा लचकदार, नयाँ काममा हिम्मत गर्ने, काम–जीवन सन्तुलन चाहने, र Gen X: ४५ बर्ष देखि ६० बर्षका युवाहरु अनुभवले परिपक्व, व्यावहारिक सोच, स्थिरता खोज्ने खालका सबै Gen X, Y र Z पुस्ता बीच एकतामा एकताको खाचो हुन्छन l

जेन जीले बढी विश्वास गरेर पुरानो राजनीतक दलहरुलाई देश पुन: उनीहरु कै हातमा छोडेमा त्येही साधु विरालो र लाटा मुसाहरुको कथा दोहोरिन सक्ला l त्येसैले प्रत्यक्ष निर्बाचित कार्यकारी रास्ट्र प्रमुख र भ्रस्टचारीलाई आजीवन काराबासको मुद्दा कहिल्यै नभुल्नु होला नत्रभने ससंदका बुढा बिरालाहरुले कालान्तरमा फेरि मुसा मार्न छोड्ने छैनन् र फेरि मोटाउने छन।

तर याद राखौं —साधु बनेर आएको बिरालो फेरि पनि मुसा खान मै उद्यत हुनेछ र पुराना पार्टीहरू पनि “राष्ट्र सुधार्छौं” भनेर फेरि सत्ताको खेलमा फर्किन चाहिरहेका छन्। उनीहरू फेरि मोटाउनेछन्, हामी फेरि दुब्लिनेछौं – यदि हामी समयमै चनाखो भयौं भने मात्र इतिहास दोहोरिँदैन। 🙏🙏

अब निर्णय तपाईंको हो—मुसो बन्ने कि सजग नागरिक!

हामीले फेरि विश्वास गर्‍यौं, फेरि उनीहरू मोटाउँदैछन् र हामी फेरि घटनेछौ।

अबको नारा –

  • प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख
  • प्रदेश खारेज
  • भ्रष्टाचारमा शून्य सहनशीलता
  • भ्रष्ट नेताहरूलाई आजीवन जेल!
  • सरकार र राजनीतिक दलको नेतृत्व Gen X, Y र Z मा हुनुपर्ने l
  • दुईपटक भन्दा बढी सांसद, मंत्री, प्रधानमन्त्री, सभामुख, रास्ट्रपति आदि हुन् नपाउने l
  • विश्वास होइन, उत्तरदायित्व माग!
  • Gen Z को चेतनाले, देश निर्माणको संकल्प पुरा गरौं!
  • Gen X, Y र Z को सहकार्य सधै अमर र अटल बनाउ!
  • धोका दिने साधुहरू होइन, कर्म गर्ने नेता चाहिन्छ!

देश फेरिन सक्छ, तर साधु बिरालोहरूलाई फेरि विश्वास गर्ने भूल भयो भने फेरि त्यही पुरानै कथा दोहोरिन्छ। 🙏🙏

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *