२०७० साल फागुन महिनामा कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित चिउराभञ्ज्याङमा भएको झगडापछि हत्या घटनामा संलग्न ठहरिएका सौनिगरलाई जिल्ला अदालत कपिलवस्तुले २०५८ साल भदौ ७ गते जन्मकैदको फैसला सुनाएको थियो।

उक्त फैसलापछि फरार रहेका सौनिगरलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १७ तल्लोमिलटोलबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।