मिलन काफ्ले

पाल्पा , २९ बैशाख

प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा रम्भा गाउँपालिका–२, रानीवासमा दुई दिने पत्रकारिता तालिम सुरु भएको छ। स्थानीय रानीवास होमस्टेमा सञ्चालन भइरहेको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, पाल्पाका सदस्य भोविसरा सारू रहनुभएको थियो।

उहाँले तालिममा सिकिएका कुराहरू व्यवहारमा उतार्दै दक्ष पत्रकार बन्न सबै सहभागीलाई शुभकामना व्यक्त गर्नुभयो।

तालिममा रम्भा गाउँपालिकाका पाँचै वडाबाट पत्रकारितामा रुचि राख्ने १८ जना युवा–युवतीहरूको सहभागिता रहेको छ। तालिम प्रेस चौतारी पाल्पा शाखाका सदस्य खुम बहादुर पौडेलको अध्यक्षता र सचिव दयाराज न्यौपानेको सञ्चालनमा सञ्चालन गरिएको हो।

कार्यक्रममा स्थानीय साना हुँगी माविका प्रधानाध्यापक यवत कुमार सारूले स्वागत मन्तव्य राख्नुभएको थियो।

स्थानीय तहमै पत्रकार उत्पादन गर्ने उद्देश्यले सञ्चालित तालिमको मुख्य प्रशिक्षक प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सञ्चारकर्मी मिलन विश्वकर्मा रहनुभएको छ। तालिम रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो।

1
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *