मिलन काफ्ले/एनभि खबर
३० बैशाख, मङ्गलवार

पाल्पाको रम्भा गाउँपालिका-२, रानिवासमा प्रेस चौतारी नेपाल, पाल्पा शाखाको आयोजनामा २ दिने पत्रकारिता तालिम सुरु भएको छ। सोमवार उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य भुविसरा सारुले तालिममा सिकाइलाई व्यवहारमा उतार्दै दक्ष पत्रकार बन्न शुभकामना दिनुभयो।

रम्भाका ५ वटै वडाबाट १८ जना पत्रकारितामा रुचि राख्ने युवायुवती सहभागी छन्। तालिम प्रेस चौतारी पाल्पा शाखाका अध्यक्ष खुमबहादुर पौडेलको अध्यक्षता र सचिव दयाराज न्यौपानेको सञ्चालनमा सुरु भएको हो।

स्थानीय सानाहुङ्गी माविका प्रधानाध्यापक यवत कुमार सारुले स्वागत मन्तव्य राख्नुभयो। रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा रमणीय रानिवास होमस्टेमा सञ्चालित तालिमका मुख्य प्रशिक्षक प्रेस चौतारीका केन्द्रीय सदस्य तथा सञ्चारकर्मी मिलन विश्वकर्मा हुनुहुन्छ।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *