
अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियान अन्तर्गत अनुपम यात्राको घोषणा गरिएको छ । गृह श्रमिक महिला समाज नेपाल रङ्गेली र रङ्गेली नगरपालीकाका संघ संस्थाहरूको नेतृत्वमा फागुन १७ गते शनिवार श्री पबालिक मा. वि रङ्गेली ६ को प्राङ्गण बाट १० बजे देखी सुरु हुनेछ। महिला नै पहिला , ८४ मा महिला पहिला , भ्रष्टाचारप्रति शून्य सहनशीलता जस्तो स्लोगन सहित कार्यक्रम भव्य र सभ्य बनाई दिन सम्पूर्ण समाज र नयाँ प्रेमी हरूलाई गृह श्रमिक का अध्यक्ष शान्ता श्रेष्ठले सादर अनुरोध गरेको छ ।