
देव नारायण शर्मा
विराटनगर, १३ फाल्गुण
मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा आज (१३ गते) दिउँसो ३ बजेबाट माओवादी केन्द्रको तराई–मधेश जागरण अभियान अन्तर्गत विशेष कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको माओवादी केन्द्रका प्रदेश कमिटी क्षेत्रीय सदस्य एवं ५ नम्बर क्षेत्र इन्चार्ज श्रवण कुमार राईले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत पार्टीका अन्य केन्द्रीय नेताहरूको सम्बोधन रहनेछ। साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा विविध जनसांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ।
कार्यक्रमले तराई–मधेश जागरण अभियानलाई थप सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको भनाइ छ।