मोरङ, मोरङको धनपालथान गाउँपालिका–५ मा आफ्नै ७ वर्षीया भतिजीमाथि बलात्कारपछि हत्या गर्ने अनिष सरदारलाई जिल्ला अदालत मोरङले आजीवन कैदको सजाय सुनाएको छ।

२२ वर्षीय अनिष सरदारले रातको समयमा मदिरा सेवनपश्चात आफ्नी भतिजी आत्तिका सरदारलाई घरबाट बाहिर लगेर बलात्कार गरेका थिए। त्यसपछि घटनाको खुलासा हुने डरले उनले बालिकाको हत्या गरी दुर्गा आधारभूत विद्यालय नजिकैको बाटो छेउमा शव फालेका थिए।

शव फेला परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्नता देखिएपछि अनिषलाई नियन्त्रणमा लिइएको थियो। अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार, अभियुक्तले अदालतमा आफैं दोष स्वीकार गरेका थिए। त्यसैका आधारमा सोमबार थुनछेक बहसकै दिन न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई आजीवन कैदको फैसला सुनाएको हो।

त्यसैगरी अदालतले उनलाई ७ लाख रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति मृतकका नजिकका नातेदारलाई तिर्न आदेश दिएको छ। जरिवानाबाट उठेको रकम पीडित राहत कोषमा जम्मा गरिने निर्णय गरिएको छ।


0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *