देव नायरायण शर्मा
बिराटनगर, ८ फागुन

ताप्लेजुङको पाथिभरा केबलकार निर्माण विरोधमा रहेको समूह र प्रहरीबीच झडप हुदा १२ जना घाइते भएका छन्
पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहको पदयात्रा केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा नेपाल प्रहरी र सशस्त्रका प्रहरी गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै विरोध भइरहेको छ ।