देव नारायण शर्मा
विराटनगर, २६ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धका कारण देशले भोगेको भौतिक तथा आर्थिक क्षतिको जिम्मेवारी माओवादी नेतृत्वले लिनुपर्ने बताएका छन्।
राप्रपाको आमसभामा बोल्दै शाहीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरू पदमा पुगेको उल्लेख गर्दै ती उपलब्धिहरू जनयुद्धको ‘तोकिया मूल्य’ जस्तै भएको टिप्पणी गरे।
उनले भने, “१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्बको भौतिक सम्पत्ति गुमायो, जुन आजको मूल्यमा ५ खर्ब हुन्छ। त्यसको ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल गर्नुपर्छ।”
शाहीका अनुसार माओवादी द्वन्द्वका कारण देशले हालको मूल्यमा १५ खर्ब १५ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति व्यहोरेको छ। “प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरा, नातिलाई पदमा पुर्याउन देशले यस्तो मूल्य चुकाउनुपर्यो,” उनले आरोप लगाए।
त्यसैगरी, उनले माओवादीको आन्दोलनका कारण करिब ११ सय ठूला साना उद्योग बन्द भएको र एक लाखभन्दा बढी घरेलु उद्योग नष्ट भएको बताए। शाहीले करिब ६ लाखभन्दा बढी युवालाई बेरोजगार बनाइ विदेश जान बाध्य पारिएको आरोप पनि लगाए।
शाहीको भनाइले राजनीतिक वृत्तमा नयाँ बहसको विषय सिर्जना गरेको छ।