कानेपोखरी गाउँपालिकाको १८औं गाउँसभा प्रारम्भ, आ.व . २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक

कानेपोखरी गाउँपालिकाको १८औं गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ। सभा मार्फत गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो।

सभामा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम द्वारा १०४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। नीति तथा कार्यक्रम पाँचवटा विशेष उद्देश्यमा केन्द्रित रहेको छ — दिगो र योजनाबद्ध पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा लगानी, कृषि उत्पादन र बजारीकरणमा जोड, सुशासन प्रवर्द्धन, र सूचना–प्रविधिमा आधारित सेवा प्रवाह गरि पाच वटा मुख्य उद्वेश्य रहेका छ्न ।
उक्त सभामा अध्यक्ष राजमती इङ्नामले आर्थिक वर्ष २०८१/८२ को कानेपोखरी गाउँपालिकाको प्रगति समीक्षा प्रतिवेदन पनि प्रस्तुत गरेकी छिन।

साथै, गाउँपालिकाले आगामी वर्षको लागि ६७ करोड २९ लाख ९६ हजार रुपैयाँको सिलिङ बजेट सार्वजनिक गरेको छ। पहिलो बैठकले उक्त अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक विधेयक र विनियोजन विधेयक भने दोस्रो बैठकबाट पारित गरिने छ । अनुमानित बजेट तथा आर्थिक विधेयक उपाध्यक्ष भोला प्रसाद अधिकारीले सभामा प्रस्तुत गरेका थिए।

आगामी असार २३ गते अर्को सभा बस्ने गरी सभा स्थगित भएको छ।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *