मिलन काफ्ले, पाल्पा २० भदाै।
पाल्पाकाे रम्भा गाउँपालिका ले अाफ्नै प्रशासकीय भवन निर्माणकाे लागि ठेक्का सम्झाैता गरेकाे छ।
६ कराेड,२ लाख,सतसठ्ठि हजार,५ सय नब्बे रूपैयाँ उनान्सत्तरी पैसा बराबर काे ठेक्का रकममा ०८४ सालकाे भदाै ७ गते काम सम्पन्न गर्ने गरि निर्माण कम्पनी महेन्द्रलक्ष्मी निर्माण सेवा/रिलायन्स ईन्जिनियरिङ विल्डर्स प्रा. लि.काठमाडौ संग ठेक्का सम्झाैता गरिएको ,रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर वहादुर पुन ले वताए ।

के- के छन त भवनका बिशेषताहरू:
भवन पुर्णतया अपांगमैत्री, प्रत्यक तल्लामा खानेपानी तथा महिला पुरूष छुट्टाछुट्टै शाैचालयकाे ब्यबस्था गरिएको जम्मा साढे ४ तल्लाकाे हुनेछ ,जसमा २ वटा सुविधासम्पन्न सभाहल समेत रहनेछन भने भवनकाे वाहिरी भागमा सवारी पार्किङ तथा फूलबारीकाे निर्माण हुने गरि ९ कराेड ७४ लाखकाे लागत अनुमान तयार गरियकाे प्रविधिक शाखाका प्रमुख इन्जिनियर दिपक कुमार सारू ले वताए।

भवन निर्माणपछि सार्वजनिक सेवा प्रवाहमा रहेका धेरै समस्याहरूकाे समाधान हुनुका साथै सेवाकाे गुणास्तर वृद्धिमा समेत टेवा पुर्याउने ,प्रशासकीय अधिकृत पुन वताउछन।
गाउँपालिकाकाे केन्द्र निर्धारण हुन नसक्दा भवन निर्माणमा ढिलाई गरेकाे रम्भा गाउपालिकाले, हाल ३ नं वडाकाे खाेक्खाेला,साजबारी स्थित स्थानियवासीले दान गरेकाे जग्गामा अाफ्नै भवन बनाउन लागेकाे हाे।
यस बिषयले पालिकामा कार्यरत कर्माचारी तथा रम्भावासी अाम नागरिक मा थप उत्साह तथा खुशी काे संचार भयकाे गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठ वताउछिन।
हाल गाउँपालिकाले खाेक्खाेला स्थित ३ नं वडा कार्यालयकाे भवन ,रकमा देवी अा.वि. काे भवन तथा रिमिधा स्वाबलम्वन वचत तथा ऋण सहकारि संस्थाकाे भवन बाट प्रशासनिक तथा अन्य सार्वजनिक सेेवा प्रवाह गर्दै अाएकाे छ।
