पवन कुमार सहनी / एनभि खबर / असार १३
पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार वीरगञ्जतर्फ आउँदै गरेको एक मालवाहक ट्रकबाट ठूलो परिमाणको लागू औषध चरेशसहित चालकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति मकवानपुर थाहा नगरपालिका १२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तान हुन्।
विशेष सूचनाको आधारमा प्रहरी चौकी सिर्सिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, ट्रकको पछाडिको भागमा राखिएको सेतो प्लास्टिकको बोरामा १३ पोका लागू औषध चरेश लुकाइएको अवस्थामा फेला परेको हो। बरामद चरेशको तौल ३१९ केजी रहेको छ।
यसै क्रममा चालक स्याङ्तानको साथबाट नेपाली रूपैयाँ १ लाख ९२ हजार नगद र एक थान मोबाइल फोन समेत बरामद गरिएको छ। ट्रकसहित लागू औषध नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।