✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन)
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिको आसनमा विराजमान हुने पक्का भएको भन्दै बधाई र शुभकामना व्यक्त गरिएको छ ।
पूर्वमा राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ जालसाझी प्रकरणमा कारबाहीको डण्डा खाएर चर्चामा आएका खतिवडाले अहिले फेरि समितिको नेतृत्व हात पार्ने निश्चित भएको हो ।
राजनीतिक वृत्तमा उनी “पद चढ्दै जाने कला र भ्रम बेच्ने क्षमता” का कारण चर्चित हुँदै आएका छन् । उनका निकटहरूले विश्वास व्यक्त गरेका छन् कि सुनुवाइ समितिको नेतृत्वमा रहेर पनि उनले नयाँ किसिमका “कौशल” देखाउनेछन् र यसैलाई आधार बनाएर ठूला समितासम्मको बाटो खुल्नेछ ।
स्रोतहरूका अनुसार, कांग्रेसभित्रै खतिवडाको यात्रा अन्ततः उच्च कार्यकारी पदसम्म पुग्न सक्ने सम्भावनाबारे पनि चर्चा चलिरहेको छ । उनी प्रधानमन्त्रीको आसनसम्म चढ्न सफल भएमा, त्यो क्षणलाई उनको राजनीतिक यात्राको ऐतिहासिक उपलब्धि मानिने विश्वास गरिएको छ ।
(जय मिसन ०८४)