देवनारायण शर्मा

विराटनगर ०१, चैत

मोरङ— धनपालथान गाउँपालिका वडा नम्बर ६ कदमाहस्थित हुलाकी राजमार्ग निर्माण स्थलमा साइटपेटी र नाला निर्माण नहुँदा विगत दुई वर्षदेखि स्थानीयवासीहरू सास्ती भोग्दै आएका छन्। पटक–पटक सम्बन्धित निकायहरूमा गुनासो गर्दा पनि कुनै सुनवाई नभएपछि स्थानीयहरूले २०८१ चैत्र २ गतेबाट सडक अवरुद्ध गर्ने निर्णय गरेका छन्।

स्थानीयवासीहरूको आवाज

एक स्थानीय बासिन्दाले भने, “हामीले सम्बन्धित निकायमा पटक–पटक गुहार माग्यौं, तर सुनुवाइ भएन। अब बाध्य भएर हामी सडक अवरुद्ध गर्दैछौं। जबसम्म हाम्रो माग पूरा हुँदैन, हाम्रो संघर्ष जारी रहन्छ।”

वडा अध्यक्षको प्रतिक्रिया

यस विषयमा वडा अध्यक्षसँग गरिएको अन्तर्वार्तामा उहाँले भने, “स्थानीयहरूको गुनासो जायज छ। हामीले यसबारे माथिल्लो निकायमा जानकारी गराइसकेका छौं। चाँडै समाधान खोज्नेछौं।”

स्थानीयहरूले यदि सम्बन्धित निकायले तुरुन्त ध्यान नदिएमा अझै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। अब हेर्न बाँकी छ, स्थानीय प्रशासनले कसरी समस्या समाधान गर्छ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *